चितवन विशेष
चितवनको रामनगरमा मोटरसाइकल दुर्घटना,चालकको मृत्यु
०

चितवन,कात्तिक ३०-
भरतपुर महानगरपालिका–१ रामनगरमा शुक्रबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ३५ वर्षीय डिल्लीराम गौतम रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रामनगरबाट ठिमुरातर्फ जाँदै गरेको ना १५ प ५१४१ नंको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो । मोटरसाइकल पल्टिएपछि घाइते गौतमको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना राति १२ बजे भएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























