मध्य नेपाल

तनहुँमा करेन्ट लागेर दाजुभाईको मृत्यु

Banner

तनहुँ,कात्तिक २८ –

तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भातरको बेतिया जिल्लाका २५ वर्षीय सजात आलम र २० वर्षीय अजात आलम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

निर्माणाधीन स्वास्थ्य चौकी भवनमा मार्बल घोट्ने क्रममा करेन्ट लागेर उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सजात र अजात दाजुभाई रहेको र दमौली अस्पतालमा शव परिक्षणका लागि ल्याइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>