क्रिकेट
इमर्जिङ एसिया कपः नेपालद्धारा भारतसामु १९४ रनको लक्ष्य पेश
०

काठमाडौं, कार्तिक २८–
बंगलादेशमा जारी एसीसी इमर्जिङ एसिया कप अन्तरगत नेपालले पहिलो खेलमा भारतसामु १९४ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिले व्याटिङ गरेको नेपाल ४४.५ ओभरमा १९३ रनमै अलआउट भयो ।
नेपालका लागि पवन सराफले सर्वाधिक ५६ रनको अर्धतशतिकय पारी खेले । यस्तै शरद भेषवाकरले ४४, कुशल भुर्तेलले २८, दीपेन्द्र सिंह ऐरीले २४, करन केसीले २० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्ल र ललित नारायण राजवंशी शून्यमै आउट भए भने आरिफ शेख र सोमपाल कामीलेले २ रन र विनोद भण्डारीले ५ रन बनाए ।
प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























