अर्थ

सुन र चाँदीको भाउ बढ्यो

Banner

काठमाडौँ, असार ७-

साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। आज (आइतबार) सुनको मूल्य प्रतितोला ६०० र चाँदी प्रतितोला ५० रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।

शुक्रबार चार हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० रुपैयाँ कायम भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>