नवलपरासी

नारायणगढ-बुटवल सडकखण्ड विस्तारः ४६ हजार रुख काटिने

Banner

नवलपरासी,कात्तिक २४-

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड ४ लेनको बनाउन ४६ हजार २ सय ९४ हजार रुख काटिने भएको छ । जिल्ला वन कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी कृष्ण देवकोटाका अनुसार रुपन्देही, पश्चिम नवलपरासी र पूर्वी नवलपरासीमा निर्माण हुने सडकमा त्यति रुख काटिने भएको हो।

सडक निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिंङ कर्पोरेसनले (सीएससीईसी) रुख काटेर चाँडो सहयोग गर्न वन मन्त्रालयमा फाइल पठाएको छ। ठेकेदार कम्पनीले ६ महिनाअघि वन मन्त्रालयमा पठाएको प्रतिवेदनमा जम्मा ५४ सय रुख काटिने प्रस्ताव थियो। कम्पनीले बनाएको प्रतिवेदन नमिल्दो र हचुवाको भरमा संख्या तोकिएको वन मन्त्रालयले आपत्ति जनाएपछि दोस्रो पटक गरिएको रुख गणना र वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदनमा नारायणगढ बुटवल खण्डको ११४ किलोमिटर क्षेत्रको दाँयाबाँया ४६ हजार भन्दा बढी रुख काटन पर्ने प्रतिवेदन आएको हो।

रुख काटेर चाँडो सडक विस्तारको कामअघि बढाउने वातावरण बनाइदिन ठेकेदार कम्पनीले वन मन्त्रालयसँग अनुमति मागेको छ। वन मन्त्रालयले अनुमति दिनासाथ ठेकेदार कम्पनीले टेण्डर गरेर रुख काट्ने काम थाल्ने जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>