Uncategorized

भारतीय महासर्वेक्षकको दाबी : कालापानी, लिपुलेक पहिलादेखि नै भारतको नक्सामा छ

Banner

एजेन्सी

काठमाडौं कात्तिक २२

भारतका एक अधिकारीले कालापानी अहिलेमात्र भारतको नक्सामा नरहेको दावी गरेका छन् । भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेकलगायतका नेपाली भूभागलाई भारतमा गाभेको भन्दै विरोध भइरहेको समयमा भारतीय अधिकारीले पहिलादेखि नै ती भूभाग भारतकै नक्सामा रहेको दावी गरेका हुन् ।

भारतका महासर्वेक्षक एवम् लेफ्टिनेन्ट जनरल गिरिशकुमारले एकतर्फी रुपमा नक्सा प्रशासित नभएको दावीसमेत गरे । उनले पछिल्लो नक्सामा अन्तर्राष्ट्रिय सीमा हेरफेर नभएको दावी गर्दै ती भूभाग पहिलादेखि नै भारतमा रहेको बताए ।

‘हामी प्रत्येक वर्ष नक्शा जारी गर्छौं,’ उनले भने, ‘तपाईं हाम्रो अघिल्ला नक्सा हेर्न सक्नुहुन्छ, अन्तर्राष्ट्रिय सीमा चलाइएको छैन ।’

उनले सात दशकदेखि आफूहरुले मान्दै आएको कुरा नै नक्सामा रहेको दावी गर्दै यस पटक नेपालको अन्तर्राष्ट्रिय सीमामा केही हेरफेर नभएको बताए । ‘हामीले पहिलादेखि नै जे भन्दै आएका छौं, हाम्रो स्थान भनेर जे मान्दै आएका छौं, नक्सामा त्यही देखाइएको छ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>