Uncategorized
जेलमा निःशुल्क खान र बस्न पाइने भन्दै चोरी

रुकुम कात्तिक २१-
जेलमा निःशुल्क खान, बस्न पाइने भन्दै चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मुसीकोट नगरपालिका १ खलंगाको त्रिवेणि चोकस्थित एक मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले मुसीकोट नगरपालिका २ रातामाटाका राजु परियारलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार परियारले गत १६ कात्तिक राति १२ बजेको समयमा त्रिवेणि गाउँपालिका ५ का निर्मल बिकको मोबाईल पसलमा चोरी गरेका थिए । परियारलाई मुसीकोट नगरपालिका १ खलंगाबाटै पक्राउ गरिएको र उनको साथबाट ३ तीन थान मोबाइल, ३ थान मोबाइलको ब्याट्री र चार हजार तीन सय ८० रुपैयाँ नगद बरामद गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा परियारले यस अघि पनि चोरीको मुद्दामा कैद भुक्तान गरिसकेको र जेलमा निःशुल्क खाना र बस्न पाइने भएले पुनः चोरी गरेको खुलेको डिएसपी खड्काले बताए ।
परियारले यसअघि२३ कात्तिक २०७३ मा मुसीकोट १ खलंगाको एक घरमा चोरी गरेको मुद्दामा तीन वर्ष कैद भुक्तान गरेको प्रहरीको भनाई छ । उनीमाथि चोरी तथा डाँका सम्बन्धि कसुर मद्दामा जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























