राजनीति

उपनिर्वाचन – कास्कीमा  पूर्व उपसचिव कुँवरको स्वतन्त्र उम्मेदवारी दर्ता

Banner

काठमाडौँ कात्तिक २१

मंसिर १४ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता भएको छ।

कास्की-२ प्रतिनिधि सभाको उपनिर्वाचन हुन लागेको एकमात्र निर्वाचन क्षेत्र हो। उक्त क्षेत्रमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीबाट विद्या भट्टराई उम्मेदवार बनेकी छन्। भट्टराई तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी हुन्। गत फागुनमा अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की-२ सांसदविहीन भएको थियो।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट खेमराज पौडेलले उम्मेदवारी दिएका छन्। मंसिर १४ मा यी दुई उम्मेदवारबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ। तर अरू उम्मेदवारले पनि कास्की २ मा आफ्नो दाबी पेस गरेका छन्। तीमध्येका एक हुन् स्वतन्त्र उम्मेदवार कमलजंग कुँवर।

कुँवर चितवन राष्ट्रिय निकुञ्ज र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत थिए। चितवनमा हुँदा उनले गैंडा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका थिए।

पछिल्लो समय राष्ट्रिय निकुञ्ज विभागमा उपसचिव रहेका कुँवरले गत आइतबार (कात्तिक १७) गते मात्रै अवकास पाएका थिए।

‘कर्मचारी हुँदा सीमित काममात्रै गर्न सकिन्छ। राजनीतिबाट बृहत काम गर्न सकिन्छ भनेर उम्मेदवारी दिएको हुँ,’ कुँवरले भने।

उनले आफू जित्नकै लागि उम्मेद्वार बनेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>