अन्तर्राष्ट्रिय
बग्दादीकी दिदी पक्राउ
०

टर्की, कात्तिक १९-
इस्लामिक स्टेट्स (आर्इएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको टर्कीले मङ्गलबार जनाएको छ । अमेरिकी विशेष बलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए ।
उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा एएफपी समाचार समितिलाई बताएको छ । हाल टर्कीको नियन्त्रणमा रहेको उक्त शहर सिरियाको अलेप्पो प्रान्तमा अवस्थित छ । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























