चितवन विशेष

डीभी चिठ्ठाले चितवनमा राहदानी बनाउने बढे, दिनमा १५० जनाको आवेदन

Banner

चितवन, कात्तिक १८-

पछिल्लो समयमा चितवनमा राहदानी बनाउनेको संख्या ह्वातै बढेको छ ।

अमेरिका जाने डीभी चिठ्ठा भर्नको लागि राहदानी अनिवार्य भएपछि चितवन प्रशासनमा राहादानीका लागि दैनिक १५० जनाको सिफारिस हुने गरेको प्रशासनले जनाएको छ ।

डीभी खुल्नुअघि दैनिक ५० जनाको सिफारिस पर्ने गरेकोमा अहिले यो संख्या बढेर तेब्बर भएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी शाखा अधिकृत ईश्वर सिंखडाले जानकारी दिए । तत्कालै डीभी भर्नका लागि जिल्लाबाट सिफारिस लगि काठमाडौँबाट द्रुत गतिमा बनाउने गरेका छन् । जिल्लाबाट सिफारिस भएर जादा १५ दिनदेखि २० दिन लाग्ने उनले बताए । यस्तै राहादानी बनाउन पाँच हजार लाग्ने भए पनि द्रुत गतिमा बनाउदा दोब्बर पैसा तिनुपर्ने बाध्यता रहेको छ । हाल पराराष्ट्रमा दैनिक ८४ जनाले राहादानी बनाउने पाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>