अर्थ

सकियो प्रथम राप्ती महोत्सव, एक लाख दर्शकले गरे अवलोकन

Banner

चितवन, कार्तिक ९–

राप्ती नगरपालिका र राप्ती उद्योग वाणिज्य संघले आयोजनामा भएको प्रथम राप्ती महोत्सव–२०७६ आज (शनिबार) देखि सकिएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महोत्सवको औपचारिक समापन गरे ।

सो क्रममा बोल्दै मुख्यमन्त्री पौडेलले महोत्सवमा ठूलो आर्थिक गतिविधि हुने भएकाले स्थानीय तथा राष्टियस्तरमा आर्थिक सम्बृद्धिमा टेवा पुग्ने बताए । उनले सुखी नेपाली सम्बृद्ध नेपाल बनाउन यस्ता गतिविधिले मद्धत पुग्ने बताए । महोत्सवमा राखिने विभिन्न विदेशी खेल तथा बाल उद्यानले भने पैसा विदेशमै जाने भएकाले नेपाली कार्यक्रममा त्यस्तो गतिविधिलाई निरुत्साहित गरिनुपर्ने उनले धारणा राखे । प्रदेश नं. ३ का भूमी, वयवस्था तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले स्थानीय उत्पादन र ब्यवसायलाई महोत्सवले प्रवद्र्धन गरेको बताए । उनले कृषि, पर्यटन लगायत क्षेत्रमा यस्ता गतिविधिको महत्वपूर्ण भूमिका हुने बताउदै नगर सम्बृद्धिका लागि विभिन्न आर्थिक गतिविधिमा जोड दिनुपर्ने बताए । त्यस्तै प्रदेश सांसद कञ्चन खनालले नगरको आर्थिक सम्बृद्धि तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सवले दिर्घकालिन योगदान दिएको बताइन् ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले पहिलो महोत्सव भएका कारण केही कमीकमजोरी महसुस गरेको बताउँदै नगरको सम्बृद्धिमा फड्को मार्न महोत्सव सफल भएको बताइन् । उनले आर्थिक, समाजिक, पर्यटकिय हिसाबले नगर उन्नतितर्फ अघि बढिरहेको सन्देश महोत्सवले दिएको दाबी गरिन् ।

कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, नेपाल कम्युनिष्ट पार्टी चितवनका नेता घनश्याम कँडेल, नेपाली काँग्रेस चितवनका सहसचिव सूर्य अर्याललगायतले महोत्सवले आर्थिक क्रान्ति सिर्जना गर्न सफल भएको बताए । महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार कँडेलले विभिन्न चुनौतीका बीच महोत्सव सफल भएका बताए । महोत्सवले समग्र चितवनको कृषि, पर्यटन र ब्यापारको प्रवद्र्धनमा उल्लेख्य भूमिका खेलेको उनको दाबी छ ।

समापन समारोहमा राप्ती नगरपालिकाका उपप्रमुख इमानसिहं लामा, पूर्वसभासद गोविन्दराम चेपाङ, उद्योग वाणिज्य महासंघ ३ नं. प्रदेशका कोषाध्यक्ष ज्ञानबहादुर बिसुराललगायत विभिन्न जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महोत्सव अवधिभर आयोजित विभिन्न प्रतियोगिताका विजेताहरु तथा सहयोगीहरुलाई पुरस्कार तथा सम्मानपत्र दिइएको थियो ।

१० दिन चलेको महोत्सवमा झन्डै एक लाख दर्शकले अवलोकन गरेको महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईले जानकारी दिए । हरेक दिन उल्लेख्य दर्शक रहेको महोत्सवमा सेल्फी जोन, विविध साँस्कृतिक घरहरु, बाल उद्यान, विभिन्न व्यवसायिक स्टलहरु दर्शकको रोजाईमा परेको थियो । महोत्सवमा दर्जनौ चर्चित राष्टिय कलाकारहरुले प्रस्तुति दिएका थिए । शनिबार गायक कमल खत्री तथा गायिका सिर्जना खत्रीले प्रस्तुति दिएका थिए । महोत्सवको आर्थिक गतिविधि तथा आम्दानी खर्चहरु पारदर्शी ढंगले केही दिनपछि सार्वजनिक गरिने आर्थिक समिति संयोजक मार्कन्डेय गौतमले बताए ।

यसैबीच महोत्सवको औपचारिक समापन गरिएपनि साँगितिक कार्यक्रम भने आइतबार पनि जारी रहने भएको छ । दर्शकको माग र चाहनाअनुसार आइतबार पनि मनोरञ्जनात्क कार्यक्रम जारी रहने साँस्कृतिक कार्यक्रम संयोजक प्रदिप उप्रेतीले जानकारी दिए । महोत्सवको गत असोज ३० गते नेकपाका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकलम दाहालले समुद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>