एथलेटिक्स

खुला दौड प्रतियोगितामा अमृत बोट भए प्रथम

Banner

चितवन, कार्तिक ९–

बाटुली पोखरीको प्रचारप्रसारको लागि आयोजित दौड प्रतियोगितामा पूर्वीचितवन कालिका नगरापालिकाका अमृत बोट प्रथम भएका छन् । ‘पर्यटकीय स्थल बाटुली पोखरीको प्रचारप्रसार गरौं, पर्यटन वर्ष २०२० लाई भव्य रुपले सफल पारौ’ भन्ने नाराका साथ आयोजित दौड भरतपुर महानगरपालिका वडा नम्बर १३ मा रहेको बाटुली पोखरीदेखि वडा नम्बर ६ को गीतानगर बजारसम्म भएको थियो । ६ किमिको दौड बोटले १९ मिनेट २० सेकेन्डमा पूरा गरी प्रथम भएका हुन् । चितवन भरतपुर–१२ का प्रमित थापाले १९ मिनेट २८ सेकेन्ड लगाई दोस्रो भए । नवलपुर गैंडाकोटका यमबहादुर अधिकारीले १९ मिनेट ४३ सेकेन्डमा दूरी पार पार गर्दै तेस्रो हुँदा क्रमश २० मिनेट १८ सेकेन्ड र २१ मिनेट २० सेकेन्डमा दुरी पुरा गरी जुम्लाका विमल रावत, गोर्खाका शुरेन्द्र गुरुङ्ग चौथो र पाँचौ भए ।

५० धावक सहभागी भएको उक्त दौड प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्धितीय हुनेले ५ हजार, तृतीय हुनेले तीन हजार र सान्तवना हुने २ जनाले १/१ हजार साथमा प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरेको कार्यक्रम संयोजक श्याम विश्वकर्माले जानकारी दिए । नेपाल सरकारले पर्यटन वर्ष २०२० मनाउदै गर्दा स्थानीय क्षेत्रमा रहेको पर्यटकीय स्थलको प्रचार प्रसार गर्ने उद्धेश्यले क्लवले दौड प्रतियोगीता गरेकोे लियो क्लवका अफ गीतानगरका अध्यक्ष विशाल कोइरालाले जानकारी दिए ।

विगत ११ वर्षदेखि लियो क्लव अफ गीतानगरले खेलकुद क्षेत्रको विकाससंगै चार्डपर्वको बेलामा युवा पुस्तालाई सकारात्मक कार्यतर्फ प्रेरीत गर्ने उद्धेश्यले लियो खुल्ला दौड प्रतियोगीता गर्दै आएको हो । कार्यक्रममा भरतपुर महानगरपालिका वडा न ६ का वडाध्यक्ष हरिबिलास कोईराला र वडा न १३ का वडाध्यक्ष प्रकाश दवाडीले पोखरीको पयटनको विकासमा वडाको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाएका थिए । सामुदायीक वन अन्तरर्गत पर्ने पोखरीमा हात्ती सयर, डुगा सयरको व्यवस्था पनि छ । लियो क्लव अफ गीतानगरको आयोजना सम्पन्न दौड कार्यक्रममा लायन्स क्लव अफ गीतानगर, योङ्ग–नेपाल र वाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्ता समूहको सह–आयोजना रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>