नवलपरासी
म नेपाली नै हुँ,भारतीय प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छुः कँडेल

काठमाडौं,कात्तिक ६-
नेपाली कांग्रेसका नेता एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आफू नेपाली नागरिक नै भएको दाबी गरेका छन्। भारतीय नागरिक भएको आरोपमा अख्यिारको निर्देशनमा सिआइबीले छानबिन गरिरहेको समाचार सार्वजनिक भएपछि कँडेलले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै आफूमाथि लागेको आरोप खण्डन गरेका हुन्।
उनले आफू भारतीय नागरिक भएको प्रमाणित भएजस्तो सुकै सजाय भोग्न पनि तयार रहेको बताएका छन्। उनले आफूलाई फसाउने षड्यन्त्र भएको समेत दाबी गरे। कंडेलले भने, ‘म सानैदेखि भारतमा बसेर पढेको हो। त्यहाँ म साथीको घरमा बस्थेँ। तर मैले भारतमा कुनैपनि निर्वाचनमा भाग लिएको छैन।’ २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा नवलपरासी-२ बाट निर्वाचित कँडेल राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रहेका कंडेलले आफू नेपाली नागरिक नै भएको दाबी गर्दै यी आठ तर्क गरेका छन्।