नवलपरासी

बर्दघाटमा अपराध नियन्त्रणबारे अन्तरक्रिया

Banner

बर्दघाट, नवलपरासी, कात्तिक ६-

बर्दघाटमा आज अपराध नियन्त्रणका लागि विद्यार्थी र प्रहरीबीच अन्तरक्रिया भएको छ ।

न्यू लाइफ कलेजमा कानुन विषय कक्षा ११ र दाउन्नेदेवी क्याम्पस व्यावस्थापन तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीसँग इलाका प्रहरी कार्यालय बर्दघाटले अपराध नियन्त्रणमा विद्यार्थी र समुदायको भूमिका विषयमा अन्तक्र्रिया गरेको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी निरीक्षक हेमबहादुर केसीले विद्यार्थीहरु इलाका प्रहरी कार्यालय बर्दघाटको कार्यक्षेत्रमा आउने विषयवस्तुहरु, मुद्दा दर्ताको प्रक्रियालगायतका विषयमा जानकारी दिए । त्यस्तै विशिष्ट अतिथि प्रहरी नायब निरीक्षक भवानीप्रसाद धवलाले मुद्दाको प्रकृति सडक दुर्घटना, घरेलु हिंसा, बलात्कार, लागूऔषधलगायतका विषयहरुको मुद्दा दर्ताको प्रकृयाका बारेमा जानकारी गराए । विद्यार्थीले इलाकामा आएका विभिन्न घटनामा अध्ययन र थुनुवा कोठाकोसमेत अवलोकन गरेका छन् ।

कानुन विषयका प्राध्यापक प्रकाश न्यौपाने र शिवप्रसाद शर्माले विद्यार्थीलाई सहजीकरण गर्दै स्थानीय सरकार सञ्चालन ऐन तथा नगरपालिका र इलाका प्रहरी कार्यलयमा आउने गरेका घटनाका विषयमा प्रष्ट पारेका थिए । ४५ जना विद्यार्थी सहभागी कार्यक्रम प्राध्यापक शिवप्रसाद शर्माको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>