राप्ती

चितवनमा १० करोडको लागतमा कृषि तालिम केन्द्र,मन्त्री लामाद्धारा शिलान्यास

Banner

चितवन,कार्तिक ५-

चितवनमा १० करोडको लागतमा प्रदेश स्तरिय कृषि तालिम केन्द्र स्थापना हुने भएको छ । राप्ती नगरपालिकामा स्थापना हुन लागेको केन्द्रको आज प्रदेश नम्वर तीनका भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शिलान्यास गर्नुभयो । उहाँले तीन नम्बर प्रदेशका १३ वटै जिल्लालाई समेट्ने गरि निर्माण हुन लागेको तालिम केन्द्रले कृषि क्षेत्रका समस्यालाई समाधानमा टेवा पुग्ने बताउनुभयो । प्रदेश सरकारले धमाधम कृषिका कार्यक्रम संचालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तालिम केन्द्र १० करोड १ लाख ६३ हजार ८ सय ४३ रुपैंयाको लागतमा १४ महिना भित्र सम्पन्न हुनेगरी निर्माण गर्न लागिएको हो । तालिम केन्द्रमा तीनवटा छुट्टाछुट्टै भवन निर्माण हुनेछन् ।

तालिम केन्द्र निर्माणको जिम्मा किरातेश्वर कन्ट्रकशन एण्ड ड्रिलिङ कम्पनीले पाएको छ । शिलान्यास कार्यक्रममा मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहाकार जेएन थपलिया,राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल,उपप्रमुख इमानसिंह लामा,मन्त्रालयका सचिव डा. योगेन्द्र कुमार कार्की लगाएतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>