कर्पोरेट

कोकको बोत्तलमा आमाका लागि सन्देश लेख्ने अभियान

Banner

चितवन, असोज २८

कोका–कोलाले दसैँ तिहारको अवसरमा विशेष अभियान चलाएको छ ।

आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दसैँ अभियानको थिम पनि ‘माई मम मेक्स माई दशैं स्पेशल’ रहेको कोकले जनाएको छ । ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोटलको लेबलमा व्यक्तिगत सन्देश लेखेर आफ्नो आमालाई दिन सक्नेछन् ।

यो एटिभेसन भोलि १६ अक्टुबर अर्थात् असोज २९ गते बुधबार बाट सुरु भएर सेल्सबेरी, भाटभटिनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानहरुमा ३ नोभेम्बर अर्थात् कात्तिक १७ सम्म जारी रहनेछ । सीतापाइलास्थित सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा नक्साल भाटभटिनी, पाटन भाटभटिनी, भक्तपुर भाटभटिनी, कलंकी भाटभटिनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहनेछ । प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउदै विभिन्न स्थानमा भ्रमण गर्नेछन् । उपभोक्ताहरुले अभिनेत्रीहरुसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन् । उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा आमाबिना के रमाइलो ह्याट्याग प्रयोग गरेर सेयर गर्न पनि सक्नेछन् । यो सम्बन्धी सम्पूर्ण अपडेट र जानकारीका लागि कोका–कोला नेपालको फेसबुक र इस्टाग्राम पेज केकाकोलानेपाल फलो गर्न सकिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>