राजनीति

चीनले काठमाडौं केरूङ जोड्न ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने

Banner

काठमाडौ, असोज २५-

काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय भ्रमण टुंगिनुअघि भोलि आइतबार अन्य सहमतिसँगै यसको पनि घोषणा हुनेछ।

उच्च सरकारी स्रोतका अनुसार यो सुरूङ मार्ग अनुदानमै बनाइदिन चीन सरकार सहमत भएको छ। नेपाल र चीनबीच पारवहन सन्धी र त्यसको प्रोटोकलमा हस्ताक्षर भइसकेको छ। सुरूङ मार्गसहित टोखाकेरूङ सडक सञ्चालनमा आएपछि व्यवहारिक रूपमै नेपालको समुद्री तटसम्मको पहुँचमा भारतको ‘एकाधिकार’ अन्त्य हुनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>