राजनीति

यौन दुर्व्यवहार आरोपित निवर्तमान सभामुख महरा पक्राउ

Banner

काठमाडौं,असोज १९-

यौन दुर्व्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महरालाई प्रहरीले पक्राउ गरेको हो । महरा विरुद्ध फौजदारी अपराध संहिता अनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा बुझिएको छ । आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ।

संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले असोज १४ गते मंगलबार सभामुख पदबाट राजिनामा दिएका थिए।स्रोतःरातोपाटी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>