समाज
महरालाई बलात्कारको आरोप लगाउने रोशनीको सुरक्षामा प्रहरी खटाइयो

काठमाडौं,असोज ५-
कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई र एक जना महिला प्रहरी खटाएको प्रहरी स्रोतले जानकारी दियो।
उनीमाथि निगरानी राख्न र भवितव्य केही पनि नहोस् भनेर सुरक्षा दिन परेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार ती महिलाले एक वर्षअघि विष सेवन गरेकी थिइन्। सात दिनसम्म आइसियुमा बसेर निको भएपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।
रोशनी शाहीले पनि बिहान ७ बजेबाट प्रहरी आएर आफ्नो निगरानी गरेको फेसबुक स्टाटस लेखेर जानकारी दिइकी छन्। उच्च प्रहरी स्रोतका अनुसार प्रहरीको एक टोली आज बिहान शाहीको कोठामा पुगेर थप अनुसन्धान गरेको थियो। पछिल्लो समय ती महिलाले भने बयान फेरेकी छन्। उनले महराले आफूलाई बलात्कार गरेको नभई दुर्व्यवहार गरेको बताएकी छन्।