स्वास्थ्य
चितवन मेडिकल कलेजमा विद्यार्थीको पुनः आन्दोलन सुरु
०

चितवन,असोज १३-
चितवन मेडिकल कलेजलाई बढी लिएको शुल्क फिर्ता गर्न विद्यार्थी तथा अभिभावकले दिएको २४ घन्टे अल्टिमेटम सकिएपछि विद्यार्थी पुनः आन्दोलित बनेका छन् । चितवन मेडिकल कलेजका सञ्चालक र विद्यार्थीबीच शुल्क फिर्ताको सहमतिपछि आन्दोलन टुंगिएको थियो। तर कलेज प्रशासन शुल्क फिर्ता गर्ने सहमति कार्यान्वयन नगरेको भन्दै विद्यार्थी र अभिभावकहरूले पुनः आन्दोलन सुरू गरेका हुन्।
सोमबार अभिभावक र विद्यार्थीहरूले चितवन मेडिकल कलेज अगाडि धर्ना दिएका छन् । प्रदर्शनका क्रममा अभिभावकहरूले शुल्क फिर्ताको निर्णय कार्यान्वयन नभए थप आन्दोलन गर्ने चेतावनी दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>