अटो

सुजुकी पर्वोत्सव दशैं मेलाः गाडी किन्दा ४ लाख छुट

Banner

चितवन, असोज १३–

चितवनका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता जेपी मोटर्स प्रा.लि. भरतपुरको आयोजनामा सोमबारदेखी ‘सुजुकी पर्वोत्सव दशैं मेला २०७६’ सुरु भएको छ ।

बुधबारसम्म चल्ने मेलामा पहिलो दिन ग्राहकको बाक्लो उपस्थिति रहेको थियो । पहिलो दिनमा मेलामा १७ वटा गाडी बुकिङ र ८ वटा गाडी रिटेल गरिएको सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पको डिलर इन्चार्ज सुमन ताम्राकारले जानकारी दिए ।

यस्तै मेलामा पहिलो दिन रुबेन लगुनीले न्यू डिजाएर जेडएक्सआई गाडी खरिदा गर्दा ४ लाख रुपैयाँ छुट प्राप्त गरेको जेपी मोटर्स प्रा.लि.का निर्देशक सुरज राज जोशीले जानकारी दिए ।

नेपालीहरुको महान् चाड बडा दशैंको अवसरमा ग्राहकको सहजताका लागि मेला आयोजना गरिएको जेपी मोटर्स प्रा.लि.का प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले जानकारी दिए । मेला हाकिमचोक स्थित शोरुमा सुरु भएको हो ।

मेलाको विशेषताहरुमा गाडी खरिद गर्दा चार लाख रुपैयाँसम्म नगद छुट, एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस, स्क्र्याच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट, निःशुल्क पाटपूर्जा, सडक दस्तुर निःशुल्क र तत्काल गाडीको भ्यालुएसन गरी गाडी साट्न पाउने व्यवस्था रहेको जेपी मोटर्सका निर्देशक जेम्स महतोले जानकारी दिए ।

मेलाका अन्य धेरै फाइदाहरु समेत रहेका छन् । ग्राहकहरुका लागि विभिन्न अफरहरु रहेका छन् । मेला अवधिभर टेष्ट ड्राइभ गर्ने मध्येबाट लक्की ड्र मार्फत ‘क्वीएफएक्स’ हलको टिकट उपहार प्राप्त गर्ने छन् भने मेला अवधिभर गाडी बुकिङ गरी लक्की ड्र मार्फत एक जना भाग्यशाली विजेताले ‘स्मार्ट फोन’ उपहार पाउने निर्देशक महतोले बताए ।

यस्तै मेलाको आकर्षकहरुमा फूड स्टल, इन्स्योरेन्स स्टल र बैंक स्टल रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>