चितवन विशेष

चितवनमा भोलिबाट नयाँ नोट साटिने, प्रतिव्यक्ति १८ हजार पाइने

Banner

चितवन, असोज १३-

चितवनमा भोलि मंगलबारबाट नयाँ नोट साटिने भएको छ ।

गत वर्ष सरकारी बैँकहरुले मात्र बाँड्ने गरेको नयाँ नोट यसवर्ष सरकारीका साथै निजी बैँकहरुले पनि साट्ने तयारी गरेका छन् । राष्ट्रिय वाणिज्य बैँक भरतपुरले भोलि १० बजेबाट दिउँसो दुई बजेसम्म नोट बाड्ने तयारी गरेको हो । बैकका प्रबन्धक ईन्द्रविलास न्यौपानेले मंगलबारदेखि तीनदिनसम्म नयाँ नोट बाड्ने तयारी गरिएको जानकारी दिए । उनले भने, ‘मोटामोटी तीन दिनसम्म नोट बाँड्ने तयारी गरिएको छ । दुई दिनमा पनि सकिन सक्ने सम्भावना छ ।’ उनले एक जनालाई १८ हजार पाँचसय मात्र लिन पाउने गरी नोट साटिने जानकारी दिए ।

त्यसैगरी यस वर्ष राष्ट्र बैँकबाट चितवनका निजी बैँकहरुले पनि नयाँ नोट ल्याएका छन् । गण्डकी विकास बैँकका क्षेत्रीय प्रबन्धक सुरज शर्माले चितवनमा रहेका १२ वटा शाखाबाट प्रति ग्राहक पाँच हजारको दरले नयाँ नोट साट्ने तयारी गरिएको नारायणी अनलाइनलाई जानकारी दिए ।

शुक्रबारदेखि काठमाडौँसहितका तोकिएका काउन्टरबाट नयाँ नोट सटही सुरु भए पनि चितवनमा भने चार दिन ढिला सुरु गर्न लागिएको हो । यसका साथै राष्ट्र बैंकले नयाँ नोटको सटहीसँगै नोटको जतनमा विशेष ख्याल गर्न पनि आग्रह गरेको छ । नयाँ नोट लिने धेरैलाई नोटको जतन गर्नुपर्छ भन्ने थाहा भए पनि त्यसमा खासै ध्यान नदिएको राष्ट्र बैंकले जनाएको छ । नोट जतन गर्न नोटलाई चिसो हातले नछुने, नकोर्ने, रंग नलगाउने र नोटलाई ‘मनी ब्यागमा मिलाएर राख्न बैँकको सुझाव छ । यसो गर्दा नोट लामो समयसम्म नयाँ नै रहन्छ र सोही नम्बरका नोट छपाइ रहन पर्दैन। यसले नोट छपाइमा राज्यले खर्च गर्नुपर्ने व्यभार कम हुन जान्छ । यदि कसैले नोटमा रंग लगाएमा कानून बमोजिम ३ वर्षको कैद सजाय हुने कानुनी व्यवस्था छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>