चितवन विशेष

चितवनका महिला उद्यमीको अर्गानिक ‘खेती’ बजार संचालनमा

Banner

चितवन, असोज १२–

चितवन वुमन च्याम्बरको अगुवाईमा चितवनमा अर्गानिक कृषि उत्पादनको बजार ‘खेती’ सञ्चालनमा आएको छ ।

नेपालको तराईदेखि हिमाली भेगमा उत्पादन हुने अर्गानिक उत्पादनलाई चितवनमा ल्याएर विक्री गर्ने उद्देश्यले खेती सञ्चालनमा ल्याइएको चितवन वुमन च्याम्बरका अध्यक्ष अनुशा पाठकले बताइन् । हानिकारक विषादीयुक्त रासायनिक मल हालेर उब्जाइएका खेतीले मानव स्वास्थ्यमा पारेको असरलाई आफ्नो तर्फबाट गर्न सकिने समाधानका रुपमा अर्गानिक खेती प्रवद्र्धनको सोँच आएको उनको भनाई छ ।

भरतपुर ओरालोमा पहिलो शाखाको रुपमा सञ्चालनमा आएको अर्गानिक उत्पादनको पसल ‘खेती’लाई देशव्यापी बनाउने योजना उनले सुनाइन् । ‘प्रत्येक व्यक्तिलाई दिने खानामा हानीकारक विषादी शून्यको सुनिश्चितता गर्न सके स्वस्थ्य समाज निर्माण गर्न गाह्रो छैन,’ उनले भनिन् । किसानलाई अर्गानिक खेती गर्न प्रोत्साहन गर्दै चितवन वुमन च्याम्बर बजारीकरणको जिम्मा लिन अग्रसर रहने उनले दावी गरिन् ।

पसलमा जुम्लाको सिमी, मार्सी चामल, टिम्मुर, अर्गानिक चिया, मनाङको कालो सिमी, स्थानीय जातका मकैको पिठो, फापरको पिठो, मनाङको आलु जस्ता उत्पादन विक्रीका लागि राखिएको छ । स्थानीयले उत्पादन गरेका वस्तु सिधा सम्पर्कबाट चितवन ल्याइने र विक्रीको लागि प्याकेजिङ गर्ने भएकाले गुणस्तरमा ढुक्क रहन सकिने चितवन वुमन च्याम्बरको दावी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>