चितवन विशेष

सिएमसीका विद्यार्थी र अभिभावकले दिए २४ घण्टे अल्टिमेटम

Banner

चितवन,असोज १२-

आन्दोलनरत पक्षसँग भएको सहमति अनुरूप चितवन मेडिकल कलेजले काम नगरेको भन्दै विद्यार्थी अभिभावकले फेरि आन्दोलनको चेतावनी दिएका छन् । सहमति अनुसार मेडिकल कलेजले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्कको भर्पाइ र प्रतिवेदन असोज १० गतेभित्र दिनु पर्दथ्यो ।

मिति कटे पनि भर्पाइ नपाएको भन्दै सोमबार बिहान ११ बजेभित्र भर्पाइ नदिए आन्दोलन गर्ने विद्यार्थी र अभिभावक समितिको अल्टीमेटम छ । चिकित्सा शिक्षा संघर्ष समिति र अभिभावक संघर्ष समितिले आइतबार संयुक्त विज्ञप्ती निकालेर यस्तो चेतावनी दिएका हुन् ।

चितवन मेडिकल कलेजका शिक्षण विभाग तर्फका प्रसाशक अरूण कोइरालाले काम सक्न समय लागेको बताए । विद्यार्थी, अभिभावक र कलेज प्रतिनिधिबीच भदौं २६ मा चितवन जिल्ला प्रशासनमा बार्ता भएको थियो । जसमा कात्तिक १८ सम्म बढी लिएको शुल्क फिर्ता गर्ने र असोज १० भित्र बढी लिएको शुल्क बारे प्रतिवेदन तयार गर्ने र भर्पाइ पनि दिने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>