धादिङ

धादिङमा ट्याक्टर पल्टियो, ११ मजदुर घाइते

Banner

धादिङ, असोज ११–

धादिङबेसी सल्यानटार सडक निर्माणको काम गरिरहेका मजदूर बोकेको ट्याक्टर पल्टिँदा आज ११ मजदूर घाइते भएका छन् । नव कातिन्पुर कन्सट्रक्सन निर्माणको काम गरिरहेका मजदूर बोकेर काम गर्ने स्थानतर्फ जाँदै गर्दा ना ६ त २७८० नं को ट्र्याक्टर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

तीव्र गतिमा गुडेको ट्याक्टर अनियन्त्रित भइ घुम्तीमा पछिल्लो भाग पल्टिएपछि मजदूर सबै घाइते भएका हुन् । घाइतेमध्ये जाजरकोटको छेडागाउँ नगरपालिकाका कर्णबहादुर चदरालाई धादिङबेँसीस्थित जिल्ला अस्पतालमा उपचार हुन नसकी चितवन मेडिकल कलेज भरतपुर पठाइएको छ । यस्तै जाजरकोटबाट काम गर्न आएका हरिबहादुर शाही, कर्णबहादुर शाही, तेजबहादुर राउत, मेनबहादुर शाही, पूर्णबहादुर डाँगीलगायतका १० मजदूरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>