विजनेश
सरकारले देशभर ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन बनाउने
०

काठमाण्डौ,मंसिर ९ –
सरकारले देशभरका ५० ठाउँमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्ने योजना अघि सारेको छ । नेपाल विद्युत प्राधिकरणले एउटा ठाउँमा तीन वटासम्म गाडी अट्ने गरी चार्जिङ स्टेशन बनाउने योजना अघि सारेको हो । त्यसको लागि मुख्य शहरभित्रका मूल सडक तथा मुख्य राजमार्गसँग जोडिएका जग्गा निशुल्क उपलब्ध गराउन पनि प्राधिकरणले आह्वान गरेको छ ।
राजमार्गसँग जोडिएका व्यापारिक भवन, सुपर मार्केट, सिनेमा हल, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल तथा रेष्टुरेन्ट आदिका पार्किङस्थल भएका ठाउँ चार्जिङ स्टेशन बनाउन उपयुक्त हुने प्राधिकरणले जनाएको छ ।
जग्गाको प्राविधिक, आर्थिक, भौगोलिक र अरु आधारमा सम्भाव्यता अध्ययन गरेपछि प्राधिकरणले चार्जिङ स्टेशन निर्माणको लागि जग्गा छनोट गर्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>