चितवन विशेष

पाँच हप्तादेखि डेँगु विरुद्धको सरसफाइ अभियानमा वे ग्रुप

Banner

चितवन, असोज ६-

सरसफाइ लगाएतका सामाजिक काम गर्दै आएको वे ग्रुपले विगत पाँच हप्तादेखि भरतपुरमा डुेँगु नियन्त्रणका लागि सरसफाइ अभियान चलाएको छ । भरतपुर नगरको सरसफाइमा २०७३ सालदेखि जुटिरहेको संस्थाले चितवनमा देखिएको डेँगुको माहामारी रोक्नको लागि लामखुट््टेको बासस्थान खोज र नष्ट गर अभियान संचालन गरेको वे ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ हामी निरन्तर घरघरमा गएर डेँगु नियन्त्रण अभियानमा जनचेतनाका साथ सरसफाइ अभियानमा जुटिरहेका छौं ।’

अभियानले आज (सोमबार) भरतपुर महानगरपालिकाको क्षेत्रपुर क्षेत्रको सरसफाइ गरेको छ । महानगर, प्रहरी र वेग्रुपका प्रतिनिधि गरेर ८० जनाले डेँगु नियन्त्रणको लागि सरसफाइ र जनचेतनाको कार्यक्रम गरेको अध्यक्ष कँडेलले बताए । निःशुल्क र स्वतस्फूर्तरुपमा चलाइएको यो अभियानमा नगरका विभिन्न व्यवसायमा कार्यरत १५० जना परिचालन गरिएको छ ।

डेँगु नियन्त्रण अभियानमा नागरिकको स्वास्थ्यप्रति वे ग्रुप सचेत पनि रहँदै आएको छ । अध्यक्ष भोजनारायण कँडेलले भने, ‘नागरिकको स्वास्थ्यलाई ख्यालमा राखेर हामीले कुनै पनि औषधि प्रयोग गरेको छैन । विश्व स्वास्थ्य संगठनले पनि डेँगु नियन्त्रणको नाममा छरिने औषधिले नागरिकको स्वास्थ्यमा असर गर्छ भनेकोले हामी यसप्रति सचेत छौं ।’ विसं २०७३ सालबाट १७८ वटा सरसफाइ श्रृंखला पार गरिसकेको यो ग्रुपको कार्यमा महानगरपालिकाले पनि सहकार्य गर्ने गरेको छ । अध्यक्ष कँडेलले भने, ‘भरतपुरका हरेक घरका नागरिक सरसफाइमा सचेत हुने हो भने डेँगु नियन्त्रण गाह्रो छैन । यसको लागि कुनै हानिकारक औषधि छर्नु नै पर्दैन ।’ वे ग्रुपले डेँगु धेरै फैलन सक्ने भरतपुरका सम्भावित ठाउँहरुको पहिचान गरेर बजार क्षेत्रका कमलनगरको भित्रि क्षेत्र, पोखरा बसपार्क क्षेत्रवरिपरी, न्यूरोड क्षेत्रमा आफ्नो अभियानलाई केन्द्रित गरिरहेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>