कर्पोरेट

भोजाड बचत तथा ऋण सहकारीको १० औं साधारण सभा

Banner

चितवन, असोज ४

भरतपुर महानगरपालिका–११ मा रहेको भोजाड बचत तथा ऋण सहकारीको १० औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

सहकारीको सधारण सभामा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै ृउत्कृष्ट बचतकर्ता, असल ऋणी, युवा स्वरोजगारी कोषका ऋणी युवा लगायतलाई सम्मान गरिएको छ । २०६६ सालमा स्थापित सहकारीमा अहिले एक हजार २४७ जना सेयर सदस्य रहेका छन् । जसमा १८५ जना बालबचतकर्ता छन् । संस्थाले एक वर्षमा ४७ लाख ४९ हजार ७५७ रुपैयाँ कुल बचत गरेको छ । साधारण सभामा सहकारीका अध्यक्ष यमनाथ आचार्यले भोजाड सहकारीलाई चुस्त, दुरुस्त र पारदर्शी तरिकाले सञ्चालन गर्ने उद्देश्यका साथ सहकारी विभाग र नेफस्कुन चितनको कार्यक्रम‘जोखिममा आधारित साकोस सुपरीवेक्षण’ सहभागी भएको जानकारी दिए । उनले अर्काे वर्ष सहकारीलाई नेपाल गुणस्तर चिन्ह वा प्रोबेसनमा लैजाने प्रयत्न गरिने बताए ।

साधारण सभामा संस्थाका सचिव नगेन्द्रराज रेग्मीले सहकारीको वार्षिक प्रगति प्रतिवेदन पेस गरेका थिए । हरेक वर्षजस्तै यस वर्ष पनि संस्थाले आफ्ना सेयर सदस्यहरुलाई क्षमतावान, दक्ष, व्यवसायी बनाउन नेतृत्व विकास तालिम, व्यवसायिक सीप, अन्तरसहकारी भ्रमण, क्षमता अभिवृद्धि तालिम, रक्तदान, सरसफाइ, क्यालेण्डर छपाई, ज्येष्ठ नागरिक सम्मान, एसईईमा उत्कृष्ट जीपीए प्राप्त गर्ने पुरस्कृत, सदस्य कल्याणकारी कोष, उत्कृष्ट बचतकर्ता र असल ऋणि लगायतलाई सम्मान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>