चितवन विशेष

अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढ्यो

Banner

चितवन, भदौं ३१–

नेपालमा अण्डाको मूल्य प्रतिक्रेट ३० रुपैयाँले बढेको छ । मंगलबार भरतपरमा भएको किसान र सरोकारवाला पक्षबीचको भेलाले अण्डाको मूल्य वृद्धि गरेको हो ।

भेलाले गरेको निर्णय अनुसार अब अण्डाको मूल्य २५० रुपैयाँ पुगेको छ । यसअघि अण्डाको मूल्य प्रतिक्रेट २२० रुपैयाँ थियो । किसानले घाटा खाएरै अण्डा विक्री गर्नुपर्ने बाध्यता थियो । नेपाल दाना, अण्डा, कुखुरा वितरक संघकै पहलमा भएको मूल्य वृद्धिले किसानले वास्तविक मूल्य पाउनेमा कुनै शंका नरहेको संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । उनले भने–‘हामी आफै अग्रसर भएर मूल्य वृद्धि गराएका हौं, कार्यान्वयन गर्न सबै पक्ष लाग्नुपर्छ ।’

नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका कार्यसमिति सदस्य प्रकाशमणि सापकोटाले वृद्धि गरिएको नयाँ मूल्य भोलि (बुधबार)देखी नै लागू हुने हुने जानकारी दिए । चितवनमा मात्र अण्डा पाल्ने कुखुरा किसान एक हजार भन्दा बढी छन् । किसानहरु अण्डाको मूल्य वृद्धि नभएको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>