कर्पोरेट
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग
०

चितवन, भदौं ३०-
सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुर महानगरपालिका–७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेसनल कलेजअन्तगर्तको क्वेस्ट समाजिक क्लबका विद्यार्थीलाई वित्तीय सहयोग गरेको छ ।
बैँकले प्रेषित गरेको विज्ञप्तिमा बैंकको सहकार्यमा क्लबका बिधार्थीद्वारा सोमबार ग्वार्को र इमाडोलमा सरसफाइ कार्यक्रम भएको छ । त्यस्तै कलेजपरिसरमा रक्तदान, दाँत तथा आँखाको निःशुल्क जाँच साथै अनाथ बालबालिका तथा असहाय महिलाहरुको लागि बनेको संस्था नेपाल स्नेहीकाख लाई आवश्यक समाग्री सहयोग गरेको बैँकले जनाएको छ ।
यसरी बैंकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा देशभर रहेका ८७ शाखा कार्यालयबाट आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>