कर्पोरेट

रोयल पेन्टको ब्रान्ड एम्बेस्डरमा पूर्व मिस नेपाल खतिवडा

Banner

चितवन, भदौं ३०-

रोयल पेन्टले ब्रान्ड एम्बेस्डरमा मिस नेपाल–२०१८ श्रृंखला खतिवडालाई अनुबन्ध गरेको छ ।

ब्रान्ड प्रमोसन एबम् बजार विस्तार गर्ने उद्देश्यले कम्पनीले मिस नेपाललाई छनौट गरेको हो । नेपाली बजारमा स्वदेशी उत्पादनको माग बढिरहेको अवस्थामा उत्पादनको प्रचारप्रसारको लागि आक्रमक बन्ने रणनीति लिएको कम्पनीका प्रबन्ध निर्देशक प्रमेश भण्डारीले बताए । त्यसैको निरन्तरतास्वरुप दसैँ तिहारलाई पनि ध्यान दिएर ग्राहक योजना ल्याइएको उनले बताए । उनले भने, ‘निकट भविष्यमा व्यापारको गुणस्तर वृद्धि, विस्तार एवम् बजारीकरणमा महत्व दिनेछौं ।’

मोफसलमा लोकप्रिय ब्रान्ड रोयल पेन्टलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याएर विज्ञापनको महत्व अन्य कम्पनीलाई बुझाउन यो अभियान फलदायी हुने कम्पनीको आधिकारिक विज्ञापन एजेन्सी सार्थक विज्ञापन सेवाका प्रमुख कार्यकारी नविनराज पौडेलले लिएका छन् । रोयल पेन्टले आफ्नो विभिन्न उत्पादन देशका अधिकांश जिल्लाबाट बिक्री वितरण गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>