समाज

अभद्र व्यवहार नगर्ने सर्तमाज्ञानेन्द्र शाहीलाई थुनामुक्त

Banner

काठमाडौं,भदौं ३०-

अब आइन्दा अभद्र व्यवहार नगर्ने सर्त गराएर ज्ञानेन्द्र शाहीलाई प्रहरीले थुनामुक्त गरेको छ । शाहीमाथि प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाउने तयारी गरिएको भए पनि पहिलो पटक भएकाले सम्झाइ बुझाइ गरेर छाड्न निर्देशन आएकाले छाडिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

शाहीका लागि यो सुध्रने मौका रहेको र अबदेखि अभद्र व्यवहार नहुने अपेक्षा प्रहरी लिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक  दुर्गा सिंह चन्दले जानकारी दिनुभयो ।

शनिबार नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको आरोपबारे स्पष्टिकरण दिन पुल्चोकमा पत्रकार सम्मेलन गरेको ठाउँमा धकेलाधकेल भएपछि प्रहरीले उहाँलाई आइतबार नियन्त्रणमा लिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>