राजनीति

सुदर्शनको ‘दर्शनशास्त्रको इतिहास’बारे परिचर्चाः कम्युनिस्टले आदर्श छाड्दा लोकप्रियतावादी हावी

Banner

काठमाडौं , असार २ –

नेपाली कम्युनिस्टले मार्कसवादी आदर्श छाड्दै जाँदा सत्ता र शक्तिमा ‘लोकप्रियतावदी’ हावि भएको वक्ताहरुले जिकिर गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता समेत रहेका लेखक हेमन्तप्रकाश ओली ‘सुदर्शन’को ‘दर्शनशास्त्रको इतिहास’ पुस्तक परिचर्चा कार्यक्रममा टिप्पणीकारले देशका सबै कम्युनिस्टले गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।

उक्त पुस्तकमाथि चर्चा गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव सिपी गजुरेलले ‘गौरब’ले पार्टी स्कुलिङका लागि महत्वपूर्ण सामग्री थपिएको बताए ।

नेपालमा तितरबितर रहेका सबै कम्युनिस्ट एक हुनुपर्नेमा जोड दिदै गुजुरेलले भने, ‘हाम्रो ठूलो त्यागबाट भएको परिवर्तनको रक्षा र विकासका लागि सबै एक हुन आह्वान गर्दछु ।’

नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले लेखकको पुस्तकमाथि टिप्पणी गर्दै दर्शनशास्त्र अध्ययन गर्ने बानी कम भएको बेला ‘दर्शनशास्त्रको इतिहास’ले कम्युनिस्टका लागि महत्वपूर्ण पुस्तक भएको जिकिर गरे । ज्ञवालीले नेपाली कम्युनिस्ट आफ्नो आदर्शबाट विमुख हुँदा विचार तथा सिद्धान्त विहिन सत्ता र शक्तिमा पुगेको भनाई राखे ।

नेकपा९बहुमत०का महासचिव धमेन्द्र बास्तोला ‘कञ्चन’ले दर्शनशास्त्रलाई आफ्नै तरिकारले बुझ्ने र व्याख्या गर्ने प्रचलन बढ्दै गएको सन्दर्भमा शुदर्शनको पुस्तकले सहजिकरण गरेको बताए । उनले मार्कसवाद पुरानो भयो भन्ने बहस चलिरहेको सन्दर्भमा कहिल्यै पनि पुरानो नहुने धारणा राखे । बास्तोलाले सबै कम्युनिस्ट एक भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।

प्रगतिशील लोकतान्त्री पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपाली कम्युनिस्टले बिचार र आदर्शलाई त्याग्दै जाँदा ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको बताए । आफू माओवादीमा रहँदै गर्दा धेरै पहिलेबाट परिवर्तनको अभियान चलाउँदा धेरै प्रहार खेप्नु परेको बताउँदैे शर्माले भने, ‘हामी समयानुसार बदलिनुपर्छ, हामी कम्युनिस्ट मूल्यबाट च्युत हुँदैछौं भन्दा तँनै जा भन्ने व्यवहार गरियो ।’ शर्माले थप्दै भने, ‘अब हामी सबै कम्युनिस्ट–बामपन्थी सके एकता गरौं नभए मोर्चा बनाएर पपुलिजम विरुद्ध मोर्चा बनाउँ’ शर्माले थपे ।

वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहुती’ले मार्कसवाद कहिल्यै पनि पुरानो नहुने बरु नेपाली परिवेश अनुसार यसको मौलिक प्रयोग गरिनुपर्ने धारणा राखे ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता परि थापाले दर्शनशास्त्र पढेकाले मूल्य मान्यता त्याग्ने र विचार सिद्धान्त नभएकाहरु सत्तामा पुग्ने अवस्थाले देश कुहीरोभित्रको काग जस्तै भएको जिकिर गरे । थापाले दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्न थप प्रयत्न गर्नुपर्ने धारणा राखे ।

नेकपा मशालका नेता समिर सिंहले पुस्तकमा आलोचनात्मक सोच प्रयाप्त रहेको बताउँदै, दर्शनशास्त्रको इतिहास लेख्ने विषय निकै चुनौतिपूर्ण रहेका र उक्त पुस्तकमा पनि धेरै विषय थपघट गर्नुपर्ने सुझा ।

दर्शनशास्त्री गोपिरमण उपाध्यायले दर्शनशास्त्रको इतिहासबारे खोजि गरिरहेका व्यक्तिका लागि उपयुक्त पुस्तक प्रकाशन गरिएको बताउदैँ दर्शनशास्त्रलाई पुस्तकमा मात्रै नभएर व्यवहारमा पनि लागू गर्नुपर्नेमा जोड दिए ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्णबहादुर सिंह ‘समरजंग’ले अहिलेका लोकप्रियतावादी सामाजिक परिवेशमा दर्शनशास्त्रलाई व्यवहारमा लागु गर्ने विषय चुनौतिपूर्ण रहेको बताए ।

पुस्तकका लेखक सुदर्शनले आफूले लामो प्रयासपछि दोस्रो संस्करण प्रकाशन गरेको र टिप्पणीकारले दिएका सुझावलाई आगामी संस्करणमा समेट्ने बताए ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष महेश श्रेष्ठले पछिल्लो समयमा नवयुवाहरु सामाजिक सञ्जालको प्रभावका कारण अपुरो ज्ञानले भ्रमित भइरहेको बताउँदै भने,‘दर्शनशास्त्रको इतिहास पुस्तकले माक्र्सवादी दृष्टिकोण निर्माण्मा महत्वपूर्ण भूमिका खेल्ने हुँदा त्यसको अध्ययन गर्न आह्वान गर्दछु ।’

संगठनका महासचिव नविन खड्काले बदलिदो परिवेशमा नेपाली कम्युनिस्टहरु परिवर्तन हुँननसक्दा कम्युनिस्ट आन्दोलनप्रति वितृष्णा जागेको दाबी गरे ।

क्रान्तिकारी युवा संघका संयोज दोर्जे शेर्पाले समयअनुसार मर्कसवादलार्ई परिमार्जित गर्दै लग्दा नयाँ युवाहरु कम्युनिस्ट धारतिर आकर्षित हुने बताए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकी नेतृ अम्बिका चन्दले निकै लामो प्रयास पछि सुदर्शनको पुस्तक प्रकाशित भएको र सोले क्रान्तिकारीहरुलाई नयाँ मार्गदर्शन गर्ने विश्वास रहेको बताईन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>