राजनीति

प्रचण्डको निर्देशनः हत्केलाले सूर्य छेक्न खोज्नेलाई प्रतिवाद गर्नुस्

Banner

काठमाडौ,भदौ,३०-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भने ।

उनले आफुहरु समाजवादको दिशामा नै अघि बढ्ने दावी पनि गरेका हुन् । सोमबार बिहान नेकपाको कार्यालय धुम्वाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>