समाचार

पत्रकार महासङ्घलाई आर्थिक सहयोग

Banner

हेटौँडा, भदौ २८-

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले रु ४ लाख सहयोग गरेको छ ।

उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पत्रकार उपचार कोषका संयोजक सरिता दाहाल, उपाध्यक्ष कुमार अधिकारीलगायतलाई सो शुक्रबार सो रकम हस्तान्तरण गरेका हुन । रकम हस्तान्तरण गर्दै प्रमुख महतले आफ्नो कार्यकालभरिमा उपचार कोषमा रु २० लाख पुर्याउने बताए । पत्रकारले दुःख पाएको बेलामा उपमहानगरपालिका सधैँ साथमा रहेको उनको भनाइ थियो ।

महासङ्घका अध्यक्ष हुमागाईंले उपचार कोषमा हालसम्म रु ९ लाख सङ्कलन गरिएको बताए। यसअघि उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले रु २ लाख र शिवम् सिमेन्ट उद्योगले रु ३ लाख सहयोग गरेको उनले जानकारी दिए। मकवानपुरका पत्रकार गम्भीररुपमा बिरामी परेमा उपचार कोषको ब्याज रकमबाट सहयोग गर्ने गरी कोषको स्थापना गरिएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>