अटो

टाटाको नयाँ सोरुम शेखर मोटर्स भरतपुरमा खुल्यो, टाटा एचफाइभ सार्वजनिक

०
Banner

चितवन, भदौं २७–

नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच शेखर मोटर्समार्फत चितवनमा सार्वजनिक गरिएको छ ।

टाटा मोटर्सको नयाँ सोरुम शेखर मोटर्सको उद्घाटन गरिएसंगै एसयूभी टाटा एच पनि सार्वजनिक गरिएको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । शेखर मोटर्सका संचालक शेखर धरेलले टाटा एचफाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउनुको साथै गाडीका पारखीहरुलाई मन पर्नेमा विश्वास व्यक्त गरे । क्रियोटेक २.० लिटर टर्बा डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेट फर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।

यसैबीच टाटा शोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रिवन काटेर समुद्घाटन गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>