अटो
टाटाको नयाँ सोरुम शेखर मोटर्स भरतपुरमा खुल्यो, टाटा एचफाइभ सार्वजनिक

चितवन, भदौं २७–
नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले बहुप्रतिक्षित तथा चर्चित प्रिमियम एसयूभी टाटा एच शेखर मोटर्समार्फत चितवनमा सार्वजनिक गरिएको छ ।
टाटा मोटर्सको नयाँ सोरुम शेखर मोटर्सको उद्घाटन गरिएसंगै एसयूभी टाटा एच पनि सार्वजनिक गरिएको हो । भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरुवाती ५६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
नेपाली बजारमा टाटा एचफाइभको बुकिङ्ग केही दिनअघि खुला गरिएको हो । शेखर मोटर्सका संचालक शेखर धरेलले टाटा एचफाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउनुको साथै गाडीका पारखीहरुलाई मन पर्नेमा विश्वास व्यक्त गरे । क्रियोटेक २.० लिटर टर्बा डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा चर्चित छ । एचफाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेट फर्ममा निर्माण गरिएको गाडी हो । आकर्षक रहेको टाटा एचफाइभमा पुश बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
यसैबीच टाटा शोरुमको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले रिवन काटेर समुद्घाटन गरे ।