कर्पोरेट

भरतपुरको विकासचोकमा सिन्धु विकास बैंक

Banner

भरतपुर, भदौं २४-

सिन्धु विकास बैँकले भरतपुरको विकास चोकमा शाखा विस्तार गरेको छ ।

भरतपुर–५ र ७ नम्बर वडालाई लक्षित गरी शाखा विस्तार गरिएको हो । शहरीकरणतर्फ उन्मुख भइरहेको विकास चोक क्षेत्रमा विगतमा बैंक सञ्चालनमा थिएनन् । मंगलबार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले शाखाको उद्घाटन गरेका हुन् । ‘घरदैलोमा नै बैँक सेवा लिने वातावरण बनेको छ’, प्रधानले भने, ‘उत्पादनमूलक क्षेत्रमा लगानी गर्न स्थानीयले कर्जा पाउनेछन् ।’ उनले उद्यम गर्न कर्जा लिन व्यवसायीले निकै सास्ती खेप्नुपरेको बताउँदै भने, ‘सिन्धु विकास बैंकले सहज रुपमा उत्पादनमूलक क्षेत्रमा कर्जा दिनेछ ।’

कृषि, पर्यटन, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानीको वातावरण रहेकाले बैँकले सोही अनुसारका नीति अवलम्ब गर्ने विश्वास राखे । विकासचोक टोलसुधार समितिका अध्यक्ष सूर्य भट्टराईले सर्वसाधरण तथा व्यवसायी बैंकले शाखा विस्तार गरेकोमा उत्साहित बनेको बताए । नेफ्स्कून पूर्वसञ्चालक नवराज सापकोटाले नजिकै रहेका सहकारीहरु समेत लाभान्वित हुने बताए । चितवनमा यसअघि टाँडी र पर्सामा शाखा विस्तार भइसकेका छन् ।

पाँच जिल्लामा १९ शाखा सञ्चालन गरेको सिन्धु विकास बैंकले चितवनमा शाखा विस्तार कार्यलाई अगाडि सारेको छ । बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले छिटै चितवनका थप तीन स्थानमा शाखा विस्तार गरिने बताए । उनका अनुसार नारायणगढ, चनौली र लाहुरे चोकमा शाखा विस्तार गर्ने योजना छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशीले प्रदेश–३ स्तरीय सबल सक्षम बैंकका रुपमा विकास गर्न लागिपरेको बताए । उनका अनुसार बैंकले हालसम्म दुई अर्ब ६० करोड निक्षेप संकलन गरेको छ भने दुई अर्ब ३० करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रधान कार्यालय सिन्धुपाल्चोकको बाह्रबिसेमा छ । बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, लगायतका क्षेत्रमा शाखा कार्यालयहरु छन् । विसं २०६७ साल भदौ २२ गते स्थापना भएको बैंक बिगतमा ग्रामीण क्षेत्रमा केन्द्रित थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>