राजनीति
लामखुट्टे लखेट् नसक्ने पनि सरकारः काँग्रेस नेता पौडेल
०

पोखरा,भदौं २४-
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको काममाथि प्रश्न चिह्न उठाएका छन् । कांग्रेसको जागरण अभियान अन्तर्गत पोखरामा आयोजना गरिएको वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले जाबो किरा मार्न नसक्ने पनि सरकार भन्दै सरकारको कडा आलोचना गरे । ‘डेंगुको यत्रो प्रकोप फैलिएको छ,’ उनले भने,‘हस्पिटलहरु भरिन थालिसके । लामखुट्टे लखेट्ने काम पनि सरकार गर्न सकिरहेको छैन ।’ तत्काल टोली पठाएर लामखुट्टे हटाउनुपर्नेमा त्यति काम पनि गर्न नसकेको भन्दै उनले सरकारप्रति आक्रोश पोखे ।
०५० मा तराईंका पाँच जिल्लामा बाढी आउँदा नेपाली कांग्रेसले तत्काल उद्दारमा खटिएको उनले स्मरण गरे । सरकारले एकातिर सपना देखाएर अर्कैतिर काम गरेको उनको आरोप छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























