कर्पोरेट

धादिङको धार्केमा सांग्रिला बैंकद्वारा ५० हजार सहयोग

Banner

भरतपुर, भदौं २३-

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले धादिङ जिल्लाको धार्के गाउँपालिका–५ मा सञ्चालित प्रेमसागर फाउण्डेसन नेपाललाई वित्तीय सहयोग गरेको छ ।
उक्त आर्थिक सहयोगले फाउण्डेसनद्वारा धार्के गाउँपालिकामा सञ्चालित जनभोजन कार्यक्रमअन्तर्गत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धागरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराइने भएको छ । साथै करिब एक हजार ५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पु¥याउँदै आइरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैँकले प्रेषित गरेको विज्ञप्तिअनुसार उक्त संस्थालाई ५० हजार रुपैयाँको चेक बैंकको तर्फबाट महाप्रबन्धक अपूर्वप्रसाद जोशीद्वारा प्रेमसागर फाउण्डेसनका कोषाध्यक्ष दुर्गादत्त घिमिरेलाई हस्तान्तरण गरे । यसरी बैँकले आफ्ना ग्राहकलाई बैंकिङ सेवाको अतिरिक्त बेलाबेलामा आफ्नो देशभर रहेका ८७ शाखा कार्यालयबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक संस्थालाई सहयोग गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>