कर्पोरेट

वल्र्ड लिंकको यस्तो आयो चाड पर्व अफर

Banner

चितवन, भदौं २३–

नेपालीहरुको महान् चाड वडा दशैं नजिकिदै छ । यही समयमा ग्राहकको ध्यान आकर्षण गर्न व्यवसायिक संस्थाहरुले विभिन्न अफरहरु ल्याउने गरेका छन् । यसैक्रममा देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडले वडा दशैंलाई मध्यनजर गर्दै चाड पर्व अफर ल्याएको छ ।

मूख्य चाड पर्वहरु दसैँ, तिहार र छठलाई लक्षित गरी ल्याएको अफर आइतबारदेखि लागू भएको वल्र्ड लिंकका चितवन शाखा प्रमुख सुरेन्द्र चौधरीले जानकारी दिए । उनले वल्र्डको नयाँ ग्राहक बन्दा वा सेवा नविकरण गर्दा चाड पर्व अफरमा सहभागी हुन पाइने जानकारी दिए । उनका अनुसार आउँदो मंसिर ५ गतेसम्म सञ्चालन हुने यस अफरमा सहभागी हुनेले इन्टरनेट जोड्दा सिजीको ३२ ईन्चको एलईडी टिभी प्राप्त गर्नुका साथै सोही शुल्कमा नेट टिभी जडान गर्न पाइनेछ । दसैँमा इन्टरनेट साथै नेट टिभी र टिभी सेट अफर अन्तरगत ग्राहकहरुले ४३ हजार सात सय ९० रुपैयाँको प्याकेज २५ हजार नौ सय ९० रुपैयाँमा प्राप्त गर्ने चितवन प्रमुख चौधरीले जानकारी दिए ।

ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर कम्पनितले विभिन्न समयमा अफरहरु ल्याउने गरेको शाखा प्रमुख सुरेन्द्र चौधरीले बताए । उनले इन्टरनेट सेवा सञ्चालन गर्न चाहने ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै किस्ताबन्दीमा समेत इन्टरनेट सेवा प्रदान गरिएको जानकारी दिए ।

वल्र्ड लिंक कम्युनिकेशन लिमिटेडका सेल्स एण्ड मार्केटिङ सुपरभाइजर दिवस घिमिरेले २५ हजार नौ सय ९० रुपैयाँ बुझाएपछि सिजी कम्पनीको ३२ इन्चको एलईडी टिभीका साथै एक वर्षसम्म नेट टिभी र इन्टरनेट चलाउन पाइने जानकारी दिए । वल्र्ड लिंक कम्पनीको २५ एमबिपीएस, ४० एमबिपीएस र ६० एमबिपीएसको सेवा एक महिना, तीन महिना, ६ महिना र एक वर्षका लागि लिँदा अफर प्राप्त गर्न सकिने घिमिरेले बताए ।

यस्तै ११ हप्तासम्म वल्र्ड लिंकको नयाँ थपिएका ग्राहक र सेवा नविकरण गरेका ग्राहकबाट लक्की ड्र मार्फत एक सय जनालाई ४३ इन्चको सिजी कम्पनीकै एलईडी टिभी बम्पर उपहार प्रदान गरिनेसेल्स एण्ड मार्केटिङ सुपरभाइजर घिमिरले जानकारी दिए । सोही अन्तरगत प्रत्येक ग्राहकलाई खल्ती डिजीटल वालेटमा दुई सय ५० रुपैयाँको भौचर समेत प्रदान गरिने घिमिरेले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>