मौसम
आज सामान्यदेखि हल्का वर्षाको सम्भावना
०

काठमाडौं भदौ १९,–
बिहीवार देशभर मौसम सामान्य देखि आंसिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंसिक देखि सामान्य बदली भई मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको समेत महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बिहीवार दिउँसो तथा राती पनि देशभरी आंसिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जनका साथै चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको सूचनामा उल्लेख गरिएको छ।
झरी र वर्षाका कारण पहाडी भू–भागमा पहिरोको जान सक्ने , हवाई तथा सडक यातायातमा समेत सामान्य अवरोध आउन सक्ने साथै नदिमा पानीको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























