राजनीति
परराष्ट्रमन्त्रीद्वारा चाइनिज एकेडेमी अफ साइन्सको अवलोकन
०

काठमाडौँ, असार १-
चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले ‘इन्स्टिच्युट अफ टिबेटियन प्लाटो रिसर्च, चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन गर्नुभएको छ ।
आज बिहान सो अनुसन्धान संस्थानको स्थलगत अवलोकन गर्नुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । अवलोकनका क्रममा उहाँले दुईदेश बीचमा अझ गहन सहकार्यको आवश्यकता रहेकामा जोड दिनुभएको थियो ।
उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको हो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























