Uncategorized

सिंगापुरमा प्रधानमन्त्रीको स्वास्थ्य उपचार आज टुंगिने , भोलि स्वदेश फर्किने

Banner

काठमाडौं भदौ १९ –
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो स्वास्थ्य उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जनाएको छ । उनको रगत जाँचलगायतको रिपोर्ट आज आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले जनाएका छन् । उनका अनुसार चिकित्सकसँगको परामर्शपछि प्रधानमन्त्री ओली भोलि १२ः३० बजे स्वदेश फर्किने अहिलेसम्मको तयारी रहेको छ ।

रिपोर्टपछि चिकित्सकहरुले कुनै सुझाव दिएमा सोहीअनुसार हुने भएकोले बेलुकासम्ममा सम्पूर्ण जानकारी आउने डा. अर्यालले जानकारी गराए । प्रधानमन्त्री ओली यही भदौ ५ गते दोस्रोपटक स्वास्थ्य उपचारका लागि सिंगापुर गएका हुन् । त्यसअघि उनी साउन १८ गते सिंगापुरमा उपचार गर्न गएकोमा स्वदेश आएको केही समयपछि नै भदौ ५ गते पुनः उपचारका लागि त्यसतर्फ गएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>