अन्तर्राष्ट्रिय
भारतको पञ्जावमा कारखानामा विस्फोट हुँदा ९ जनाको मृत्यु
०

भारत, भदौं १८-
भारतमा रहेको एउटा कारखानामा भएको विस्फोटनमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
विस्फोटनका बेला कारखानामै रहेकाले दुर्घटनामा परेका अरू ५० जना भयभीत भएको अधिकारीहरुले जानकारी दिएका छन् । देशको उत्तरी राज्य पञ्जावमा रहेको एउटा पटाका उद्योगमा आगलागी भएको सञ्चारमाध्यमहरुले बुधबार उल्लेख गरेका छन् । पञ्जावको गुर्दासपुरअन्तर्गत पर्ने बाटला क्षेत्रमा घटना भएको हो । घटनास्थलमा प्रहरी, अग्नि नियन्त्रक, स्वयम्सेवक, स्थानीय बासिन्दालगायतले आगो निभाउने प्रयास गरेका थिए । घटनाका बारेमा पर्याप्त विवरण आउन भने बाँकी नै रहेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























