कर्पोरेट

भरतपुरको रामपुरमा सुबिसुको नयाँ शाखा

Banner

चितवन, भदौं १८-

इन्टरनेट प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले भरतपुर महानगरपालिका–१९ रामपुरमा नयाँ शाखा कार्यालयको सुभारम्भ गरेको छ ।

कार्यालयको कम्पनी व्यवस्थापक आनन्द अधिकारी, अपरेसन प्रमुख शिवजंग थापा र रामपुर शाखा प्रमुख सुवर्ण वस्ताकोटीले संयुक्तरुपमा सुभारम्भ गरेका हुन् । कम्पनीले विगत ८ वर्षदेखि चितवन र यस आसपासमा सेवा दिँदै आएको कम्पनीले जनाएको छ ।

सुरुका वर्षमा कर्पोरेट क्षेत्रमा सेवा दिएकोमा अहिले ग्राहकको माग बमोजिम फाइबर नेट र क्लियर टीभीको सेवा दिँदै आएको कम्पनीले जनाएको छ । कम्पनीले चितवनको विभिन्न ठाउँहरु भरतपुर, नारायणगढ, रामनगर, गोन्द्राङ, क्षेत्रपुर, कृष्णपुर तथा रामपुर शाखाअन्तरगत शिवनगर, गीतानगर, चोक बजार, चनौली, शारदानगर, हेल्थपोष्ट, गुञ्जनगर, रामपुरलगायतका स्थानमा फाइबर नेटका साथै क्लियर टीभीको सेवा दिँदै दु्रत गतिमा सेवाको विस्तार गरिरहेको रामपुर शाखाकी शुरक्षा गैरेले जानकारी दिइन् । कम्पनीले सबैको घरघरमा इन्टरनेट र क्लियर टीभी पु¥याउनको लागि निकै सस्तो दरमा विभिन्न प्रकारका अफर लिएर आएको मार्केटिङ अफिसर मिनबहादुर श्रेष्ठले जानकारी दिए । सो कार्यक्रमको सहजीकरण अनु श्रेष्ठले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>