कर्पोरेट

एलजीको ओएलईडी टेलिभिजन बजारमा

Banner

चितवन, भदौं १८-

एलजीको आधुनिक ओएलईडी टेलिभिजन बजारमा बिक्री वितरण सुरु भएको छ ।

सीजी इलेक्ट्रोनिक्सले आज प्रेषित गरेको विज्ञप्तिअनुसार टेलिभिजनकोे मोटाई ४.३३ एमएम रहेको छ जसले सेटलाई हलुको र पातलो बनएको छ । यसको विशेषताहरुले ग्राहकलाई बेग्लै अनुभव दिने कम्पनीको दाबी छ । आधुनिक शैलीमा तयार गरिएको टेलिभिजनको बनोटले एउटा कलाको प्रदर्शन गरेको छ । कम्पनीले जनाएअनुसार यसमा धेरै विशेषताहरु छन् जस्तै एलजी एआई थिन क्यू, गुगल असिस्टेन्ट र अमाजन एलेक्सा जस्ता सुविधा उपलब्ध गराएको छ ।

अल्फानाइनजेनटु प्रोफेसरबाट सञ्चालन भएको टेलिभिजनको गतिविधिलाई नियन्त्रण गर्छ । यसमा फोरके एक्टिभ एचडीआर पनि छ जस्ले दृश्यलाई अनुकुलन गर्छ र चित्रको गुणस्तर बढाउँछ । सीजी इलोक्ट्रोनिक्सले जारी गरेको विज्ञप्तिमा नानोसेल टेक्नोलोजीको विस्तृत रंग छनोटले यसको रंग उत्पन्न गर्छ । साथै हेर्न फराकिलो कोण दिन्छ । यसले दर्शकलाई अझ राम्रो दृश्य दिन्छ जुन कुनाबाट हेरे पनि यो एकनासको आकारको छ र यसले दृश्यको भिन्न अनुभव र गुणस्तर सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>