चितवन विशेष
चितवनमा एनके मोटर्सको एक्सचेन्ज महामेला भोलिबाट
०

चितवन, भदौं १६-
भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा रहेको बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एनके मोटर्सले भोलिबाट पाँच दिनसम्म एक्सचेन्ज महामेला गर्ने भएको छ ।
एनके मोटर्सका प्रोपाइटर निर्मल कँडेलका अनुसार एक्सचेन्जसँगै विभिन्न सांगितीक कार्यक्रम पनि रहने जानकारी दिए । यस मेलाबाट जुनसुकै कन्डिसनको मोटरसाइकलमा पनि न्यूनतम् ३० हजार रुपैयाँको मूल्यांकन हुनेछ । जुनसुकै ब्राण्डको मोटरसाइकल तथा स्कुटरलाई एक्सचेन्ज गर्न सकिने यस मेलामा बजार मूल्यांकनभन्दा अझ थप १५ हजार रुपैयाँ बढी थप गरी मूल्यांकन गरिने प्रोपाइटर कँडेलले जानकारी दिए । भोलि मंगलबार भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मेला उद्घाटनको दिन भरतपुरबाट बन्दीपुरसम्म बजाज र्याली आयोजना गरिने मेलाका संयोजक अनिल घिमिरेले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























