अन्तर्राष्ट्रिय

यमनमा विद्रोहीको कारागारमा हमला हुँदा १०० को मृत्यु

Banner

साना, यमन, भदौं १६-

साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा १०० जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले आइतबार जनाएको छ ।

हुथी विद्रोहीहरुले ड्रोन र मिसाइलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो ।
हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी कम्तीमा ५२ जना मारिएको शव नै भेटिएको र अरु ६८ जना हराइरहेको जनाएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दामरस क्षेत्रमा औषधि तथा अन्य सहयोग सामग्रीसहितको टोली पठाइएको बताएको छ ।

“अहिले आक्रमण भएको क्षेत्रमा आइसिआरसीको टोलीले यसअघि नै स्थलगत अध्ययन भ्रमण गरिसकेको थियो,” यमनका लागि आइसीआरसीले खटाएको टोलीका प्रमुख फ्रान्ज रौचेन्स्तैनले धमारबाट एएफपीसँग भने । उनले थपे, “कारागारमा आक्रमण हुनु यसको सबैभन्दा नराम्रो पक्ष हो, यसका लागि अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ ।” रौचेन्स्तैनले १०० बढीको मृत्यु भएको अनुमान गरिएको जानकारी दिए । उनका अनुसार अरु ४० जनालाई घाइते अवस्थामा अस्पतालमा उपचार गराइएको छ । घटनास्थलबाट आर्इसीआरसीको टोलीले शवहरु सङ्कलन गरेको थियो । रासस\एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>