चितवन विशेष
चितवनमा जबरजस्ती करणीको आरोपमा एक पक्राउ
०

चितवन, भदौं १२-
चितवन प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–३ पुरानो सब्जीमन्डी बस्ने दोलखाका २४ वर्षीय को सुनिल तामाङलाई भरतपुरको आँपटारीबाट प्रहरीले पक्राउ गरेको हो । उसले एक महिलालाई कुटपिट गरी घाइते बनाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद–१८ को दफा २१९ अन्तर्गतको करणीसम्बन्धी कसुरअन्तर्गत चितवन जिल्ला अदालतबाट बुधबारबाट लागू हुनेगरी पाँच दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























