राजनीति

प्रधानमन्त्रीको स्वास्थ्यः १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिने

Banner

काठमाडौं,भदौं ९ –

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलीप शर्माका अनुसार शुक्रबार र आइतबार दुईपटक फेरेसिस गरिएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>